News & Notice

पृष्ठभुमी

वि.सं. २०४६ तिर नेपालको अनुमानित जनसंख्या २,६०,००,००० थियो । जसको ३१% अर्थात ८०,६०,००० व्यक्तिहरु गरीबीको रेखामुनि थिए भन्ने अनुमान थियो ।
यसै गरी २,६०,००,००० मध्ये १,३०,००,००० जनताहरु संस्थागत वित्तिय सेवाबाट वन्चित थिए ।
लघुवित्त क्षेत्रले २०४६ आषाढ मसान्त सम्म ११,८३,७५३ व्यक्तिहरुलाई सेवा दिइरहेको थियो । यो लाभान्वित संख्या भनेको कूल विपन्न घरधुरीको ३७% थियो ।
यसैगरी एउटा अर्को अध्ययनले के देखाएको छ भने लघुवित्त सेवा पहुँचको हिसाबले तराईका ६६% सुगम पहाडमा ३३% दरुगम पहाडमा अझै बढी र हिमालमा सबैभन्दा बढी रहेको देखिन्छ ।

बाँकी पृष्ठ
उद्देश्य

  • कार्य क्षेत्र भित्रका सबै ग्राहकहरुलाई सबै प्रकारका दिगो लघुवित्तिय सेवाहरुप्रदान गर्ने ।
  • ग्रामिण जनताहरुलाई बैंकिङ्ग बानी बसाउने, बचत संकलन गराई राम्रो कार्यमा परिचालनगराउने ।
  • सदस्यहरुलाई नयाँ थप वित्तिय सेवाहरु उपलब्ध गराउने । जस्तो सुरक्षणकोष, विप्रेषण आदि ।
  • ग्राहकहरुलाई लघुवित्तिय सेवाहरु द्धारा आर्थिक रुपमा सबल बनाउने ।
  • ग्राहकहरुलाई स्वरोजगारको माध्यमबाट रोजगारी सृजना गर्न सहयोग पुर्‍याउने ।
  • प्रत्येक विपन्न परिवारको १ जनालाई लघुवित्तिय सेवा पुर्‍याउने ।
  • ग्राहकहरुसँग नियमित र राम्रो सम्बन्ध बनाउने ।