वि.सं. २०४६ तिर नेपालको अनुमानित जनसंख्या २,६०,००,००० थियो । जसको ३१% अर्थात ८०,६०,००० व्यक्तिहरु गरीबीको रेखामुनि थिए भन्ने अनुमान थियो । यसै गरी २,६०,००,००० मध्ये १,३०,००,००० जनताहरु संस्थागत वित्तीय सेवाबाट वन्चित थिए । लघुवित्त क्षेत्रले २०४६ आषाढ मसान्त सम्म ११,८३,७५३ व्यक्तिहरुलाई सेवा दिइरहेको थियो । यो लाभान्वित संख्या भनेको कूल विपन्न घरधुरीको ३७% थियो । यसैगरी एउटा अर्को अध्ययनले के देखाएको छ भने लघुवित्त सेवा पहुँचको हिसाबले तराईका ६६% सुगम पहाडमा ३३% दुर्गम पहाडमा अझै बढी र हिमालमा सबैभन्दा बढी रहेको देखिन्छ ।
यसरी ग्रामीण क्षेत्रको कर्जा मागको संस्थागत क्षेत्रबाट २०% मात्र आपूर्ति छ । अर्थात ग्रामिण क्षेत्रको माग भन्दा आपूर्ति रु.१३ अरबले न्यून छ । (लघुवित्त नीति २०४६) यसरी माथिका अध्ययनले देखाएका जनसंख्यालाई विपन्नबाट सम्पन्न बनाउन विभिन्न क्षेत्रबाट विभिन्न प्रयासहरु भइरहेको छन् । जुन प्रयासहरु मध्ये व्यवहारिक र दिगो प्रयास लघुवित्त हो । जसमा विपन्नलाई विभिन्न प्रकारका वित्तीय सेवाहरु (जस्तो कर्जा, वचत, सुरक्षण सेवा, विप्रेषण, र अन्य ) दिइन्छ । यो वित्तीय सेवाहरुको उपभोगबाट विपन्नहरुको आम्दानीमा वृद्धि हुन्छ र निरन्तरको प्रयासमा उनिहरु आत्मनिर्भर र सम्पन्न हुन्छन् ।
यसरी माथिका समस्याहरुलाई समाधान गर्न लघुवित्त कार्यक्रमको विशेष महत्व भएकोले र पहाडी जिल्लाहरुमा यसको अझ बढी आवश्यकता भएकोले एवं राष्ट्रिय लघुवित्त निति २०६४ को बुदा १२ को आर्थिक पक्ष अन्तरगत निजि क्षेत्रमा लघुवित्त सेवा प्रदायक संस्थाहरुलाई कार्यक्रमका लागि प्रोत्साहित गरीने छ भन्ने वाक्यांशबाट प्रेरित भई छिमेक समाज सेवा संस्था र लघुवित्तका अनुभवि व्यक्तिहरु एवं यसका शुभचिन्तकहरुबाट पहाडी र ग्रामीण क्षेत्रहरुमा सेवा पुर्याउन यस स्वरोजगर लघुवित्त वित्तीय संस्था लि. को स्थापना गरिएको हो ।