Monthly-Savings-Plan-1 (1)
केन्द्र  कोष बचत-  समुह /केन्द्र गठन भईसके पछि प्रत्येक सदस्यहरुले मासिक रुपमा रु.५/- का दरले अनिवार्य रुपमा जम्मा गर्नुपर्दछ । केन्द्रले सामाजिक कार्यको लागि जस्तै केन्द्रघर, सार्वजनिक धारा अन्य सामुहिक कार्यमा केन्द्रको सम्पूर्ण सदस्यहरुको निर्णयद्वारा रु.५००/-न्युनतम् रकम  राखी बाँकि रकम निकाल्न सकिनेछ । कुनै सदस्यलाई ऋणको किस्ता तिर्ने वेलामा समस्या पर्दा पछि पुन; फिर्ता गर्ने गरी सम्पुर्ण सदस्यले सर्वसम्मत निर्णय गरि सापट दिन सक्नेछन् । यसको लागि सम्पूर्ण सदस्यहरुले निर्णय गरी माइन्युटमा कुन सदस्यले कति लिन चाहेको हो सो समेत उल्लेख गर्नुपर्दछ । ब्याज वार्षिक ६ % का दरले त्रैमासिक ब्याज भुक्तानी हुनेछ ।