image_750x_5cd2227095e29

स्वरोजगार भविष्य निधि बचत- लघुवित्त कार्यक्रम भन्ना साथ ऋण, वचत साथै अन्य सेवाहरु प्रदान गर्नुलाई बुझिन्छ । बदलीदो परिस्थीतिमा विपन्न तथा न्यून आय बर्गका महिला सदस्यहरुको माग तथा आवश्यकतालाई मध्येनजर गरी उनीहरुका भावि सन्ततीहरु तथा स्वयंको पनि भविष्यलाई सुनिश्चित र सहज बनाउन यस कार्यक्रमको थालनि गरिएको हो । यस कार्यक्रमबाट सदस्यहरुलाई एकमुष्ट रुपमा रकम प्राप्त हुन गई राहत प्रदान हुने आशा गरिएको छ । ने. रा. बैकको सर्कुलर अनुसार बन्द गरिएको छ । तर खोलि सकेको सदस्यहरुलाई अबधी भर निरन्तरता गर्न सकिनेछ ।

स्वरोजगार भविष्य निधि बचतवाट उपलव्ध हुने सुविधा- मासिक रुपमा स्वरोजगार भविष्यनिधि बचत गर्ने सदस्यको हकमा निम्न अनुसार पाईने छ ।

बचत अवधि दर जम्मा हुने रकम थप हुने रकम एकमुष्ट कुल पाउने रकम कैफियत
९ बर्षे २००/- २१,६०० /- १०,८०० /- ३२,४००/- डेढी
९ बर्षे ३००/- ३२,४०० /- १६,२००/- ४८,६००/- डेढी
९ बर्षे ५००/- ५४,००० /- २७,०००/- ८१,०००/- डेढी
९ बर्षे १०००/- १,०८,००० /- ५४,०००/- १,६२,०००/- डेढी
१४  बर्षे २००/- ३३,६००/- ३३,६००/- ६७,२००/- डवल
१४  बर्षे ३००/- ५०,४००/- ५०,४००/- १,००,८००/- डवल
१४  बर्षे ५००/- ८४,०००/- ८४,०००/- १,६८,०००/- डवल
१४  बर्षे १०००/- १,६८,०००/- १,६८,०००/- ३,३६,०००/- डवल

नोटः भुक्तानी गर्दा नियमानुसारको सरकारी कर तथा अन्य शुल्कहरु कट्टी हुनेछ ।